बुधबार, कार्तिक १९ गते २०८३
images
images

युवा संघ नेपालद्वारा आयोजित मेची युवा जागरण अभियान पाँचौं दिन. गण्डकी प्रदेशको नवलपुर डन्डा तर्फ

एक्सप्रेस पाना
भाद्र २०, २०७९ सोमबार
  • 293
    SHARES
  • युवा संघ नेपालद्वारा आयोजित मेची युवा जागरण अभियान पाँचौं दिन. गण्डकी प्रदेशको नवलपुर डन्डा तर्फ

    भदौ २० नवलपरासी । युवा संघ नेपालद्वारा आयोजित महाकाली मेची युवा जागरण अभियान पाँचौं दिन गण्डकी प्रदेशको नवलपुर डन्डा तर्फ लागेको छ । सोमबार बिहान ७ बजेबाट सुनवल हुँदै अभियान नवलपरासीको बर्दघाट बाट सुरु भएको  हो ।

    images

    304880040_489122929724651_1901142330861639215_n.jpg

    अभियानमा नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सन्देश मूलक पर्चा समेत वितरण गरिएको थियो । कार्यक्रममा  युवा संघका नेताहरू प्रकाश भट्टराई, अशोक दाहाल र पार्टी नेताहरू यज्ञ खनाल, बृहस्पति अधिकारी लगायतले करिव ४ सय बढीको जनसहभागिताको कोण  सभालाई सम्बोधन गर्नुभएको थियो  ।

    images

    305309302_411024251134418_1721623889690226500_n.jpg

    टोली आजै दुम्किवास ,आरुङ खोला ,कावासोती ,दलदले हुँदै नारायणगढ पुग्ने कार्यक्रम रहेको युवा संघका उपमहासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईले बताउनु भयो । अभियानमा सांस्कृतिक कार्यक्रम नृत्य समेत प्रस्तुत गरिएको थियो । 
    ‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको छ  । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युवा संघले जनाएको छ ।

     

     ‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघका अध्यक्ष नरेश शाहीले अभियानको नेतृत्व गर्नुभएको  छ  । भाद्र १५ गते महाकाली नदीमा स्नान गरेर सुरु गरिएको युवा जागरण अभियान भाद्र २३ गते मेची नदीमा  पुगेर टुंगिने युवा संघले जनाएको छ ।