बुधबार, कार्तिक १९ गते २०८३
images
images

चुनाव लक्षित संरचना निर्माण गर्दै अखिल क्रान्तिकारी !

एक्सप्रेस पाना
भाद्र २१, २०७९ मंगलबार
  • 387
    SHARES
  • चुनाव लक्षित संरचना निर्माण गर्दै अखिल क्रान्तिकारी !

    भाद्र २१ काठमाडौ । माओवादी (केन्द्र) निकट बिध्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले चुनाव लक्षित संरचना 'क्रान्तिकारी  फोर्स' गठन गर्ने भएको छ ।

    images

    भदौ २२ गते बिहान १० बजे रास्ट्रिय सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने  कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।
      
    मंशिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशब्यापी व्यबस्थित र प्रभावकारी बनाउन अखिल (क्रान्तिकारी)ले बिशेष संरचना निर्माण गर्न लागेको हो । 'क्रान्तिकारी फोर्स' अखिल (क्रान्तिकारी) केन्द्रिय समिति मातहत रहने नयाँ संरचना  हुने उपाध्यक्ष शाहीले जानकारी दिए ।

    कार्यक्रममा अध्यक्ष पञ्चा सिंह सहित केन्द्रिय पदाधिकारीहरु, प्रदेश पदाधिकारीहरु सहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमलक सहभागीता रहने उपाध्यक्ष शाहीले जनाकारी दिए ।

    images