बुधबार, कार्तिक १९ गते २०८३
images
images

रोजगार सिर्जना गरेर युवा पलायन हुनबाट रोक्छौँ : मुख्यमन्त्री पाण्डे

एक्सप्रेस पाना
भाद्र २१, २०७९ मंगलबार
  • 226
    SHARES
  • रोजगार सिर्जना गरेर युवा पलायन हुनबाट रोक्छौँ : मुख्यमन्त्री पाण्डे

    भदौ २१, काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले युवा पलायनलाई रोक्नका लागि योजना बनाएको बताउनुभएको छ । 

    images

    युवा सङ्घ नेपालको मेची-महाकाली युवा जागरण अभियानलाई प्रदेश राजधानी हेटौँडामा स्वागत गर्दै उहाँले विदेशमा बगाएको पसिनाबाट आएको विप्रेषणबाट देश चलाउनुभन्दा युवाको सीप र पसिनाले समुन्नत बनाएर देशको मुहार फेर्न सकिने बताउनुभयो । युवालाई सीप सिकाएर विकासको लहर ल्याउनुको साथै रोजगार सिर्जना गर्न सकिने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । प्रदेशमा पछि परेको वडामा समाजवादी वडा कार्यक्रम ल्याएर शिक्षा, स्वास्थ्य र रोजगार सिर्जना गरिने उहाँको भनाइ थियो ।  

    कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना लामा लगायतले आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

    images