बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री देउवाद्वारा महारानी एलिाबेथको निधनप्रति दुःख व्यक्त

एक्सप्रेस पाना
भाद्र २४, २०७९ शुक्रबार
  • 162
    SHARES
  • प्रधानमन्त्री देउवाद्वारा महारानी एलिाबेथको निधनप्रति दुःख व्यक्त

    भदौ २४ काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

    images

    उहाँले आज शोक सन्देशमार्फत महारानी एलिजाबेथको निधनको खबरले आफूलाई धेरै दुःख लागेको बताउनुभएको छ । महारानी एलिजाबेथले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित गर्नुभएको प्रधानमन्त्री देउवाले सन्देशमा बताउनुभएको छ । महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा गर्नुभएको नेपालको महत्वपूर्ण राजकीय भ्रमणका लागि उहाँलाई नेपालमा मायापूर्वक सम्झिइने शोक सन्देशमा जनाइएको छ ।

    बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहनुभएकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति बाल्मोरलमा निधन भएको हो । सन् १९५२ मा गद्दी सम्हाल्नुभएका उहाँ ७० वर्षसम्म गद्दीनशीन हुनुहुन्थ्यो ।

    images