बुधबार, कार्तिक १९ गते २०८३
images
images

चोलेन्द्रशमशेर जबराको बयान सुरु

एक्सप्रेस पाना
भाद्र २६, २०७९ आइतबार
  • 173
    SHARES
  • चोलेन्द्रशमशेर जबराको बयान सुरु

    भदौ २६ काठमाडौं । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सुरु गरिएको छ । जबराको आइतबार चौथो दिनको बयान हो ।

    images

    यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो । उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन् । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो ।

    गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन् ।

    images