चितवन ,२७ भदौ । अखिल(क्रान्तिकारी)को केन्द्रिय छात्रा बिभाग प्रमुखमा प्रविना अधिकारी चयन हुनुभएको छ ।
'सम्पति र सत्तामा समान सहभागीता 'शिक्षा र रोजगारी सहितको आत्मनिर्भरता' भन्ने मुल नारासहित भाद्र २५ र २६ गते दुइ दिन सम्म चलेको चितवनको केन्द्रिय भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।
माओवादी(केन्द्र)का उपमहासचिव एबं उर्जा जलस्रोत तथा सिंचाई मन्त्रि पम्फा भुषालले रामपुर स्थित कृषी क्याम्पसमा उद्घाटन गर्नुभएको भेलालाई अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह सहित चर्चित पुर्व बिध्यार्थी नेतृ कञ्चन खनाल, माओवादी(केन्द्र) चितवन अधयक्ष आर.सी अधिकारी लगायतले प्रशिक्षण दिनुभएको बिधर्याथी नेतृ मुना काप्रीले जनाकारी दिनुभयो ।
मुलुकभरबाट ५०० छात्रा प्रतिनिधी सहभागी रहेको भेलामा सात वटै प्रदेशबाट दुई-दुई जनाले प्रतिनिधिमुलक रिपोर्टीङ राख्नु भएको थियो ।
चितवन स्थित स्कुल अफ हेल्थ साइन्समा सम्पन्न बन्दशत्रले बिभागको उपप्रमुखमा बिध्यार्थी नेतृहरु देवकी कार्की र पर्वति शर्मा तथा सचिवमा इन्दिरा पुरीलाई चयन गरेको अखिल(क्रान्तिकारी)नेतृ मुना काप्रीले जानकारी दिनुभयो ।
.jpg)


