बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रियसभा : दुई विधेयक पारित

एक्सप्रेस पाना
भाद्र ३०, २०७९ बिहीबार
  • 195
    SHARES
  • राष्ट्रियसभा : दुई विधेयक पारित

    भदौ ३० काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् ।

    images

    विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मतरूपमा दुवै विधेयक पारित भएका हुन् । दुवै विधेयकका प्रस्तावलाई अर्थमन्त्रीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेश गर्नुभएको थियो ।

    राष्ट्रियसभाको अर्काे बैठक यही भदौ ३१ गते शुक्रबार १२ः५९ बजे बस्नेछ ।

    images