बुधबार, कार्तिक १९ गते २०८३
images
images

भ्रमपूर्ण सामाग्रीका आधारमा धारणा नबाउनुस् , नगरवासीको शिर निहुराउने काम हुनेछैन : मेयर गिरी

एक्सप्रेस पाना
भाद्र ३१, २०७९ शुक्रबार
  • 208
    SHARES
  • भ्रमपूर्ण सामाग्रीका आधारमा धारणा नबाउनुस् , नगरवासीको शिर निहुराउने काम हुनेछैन : मेयर गिरी

    भदौ ३१ काठमाडौं । चन्द्रागिरी नगरपालिकाले कवाडी कर लगायत अन्य विषयमा भइरहेको अनुसनधानलाई प्रभावित पार्ने गरि प्रशारित समाचारका आधारमा धारण नबनाउन नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै कवाडी कर लगायत अन्य विषयलाई लिएर विभिन्न मितिमा सञ्चारमाध्यमबाट प्रशरित श्रव्यदृश्य सामाग्रीप्रति नगरपाकिाले आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ । आफ्नो ४ दशक लामो राजनीतिक जीवन निस्कलंकित रहेको भन्दै नगर प्रमुख घनश्याम गिरीले  नगरवासीको शीर निहुराउनुपर्ने काम आफुबाट नहुने प्रतिवद्धता पनि जनाएका छन् । 

    images

    ‘सञ्चारमाध्यमबाट प्रशारित श्रव्यदृश्य सामाग्रीमा कवाडी सामानको विवरण दाखिला गर्दा र नाकाबाट बाहिर लैजाँदा सामानको विवरण फरक परेको भन्ने विषयमा मेरो व्यक्तिगत कुनै पनि संलग्नता नरुहेको र घरटहरा सम्बन्धि विषयलाई समेत जोडेर मेरो व्यक्तिगत कुनै पनि संलग्नता नरहेको र घरटहरासम्बन्धि विषयलाई समेत जोडेर मेरो सार्वजनिक जीवनमा गम्भीर लाञ्छना लाग्ने गरी पूर्वाग्रही भई बद्नियतपूर्ण तरिकाले प्रसारित समाचार भ्रामक,कपोलकल्पित, मनगढन्ते रहेको र त्यसमा कुनै पनि सत्यता नभएको ,’ नगरप्रमुख घनश्याम गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकालाई नै बद्नाम गर्नेगरि प्रसारित समाचारको वैधता परिक्षण गर्नुपर्ने भन्दै सो सामाग्रीका आधारमा धारणा नबनाउनपनि नगरवासीहरुलाई आग्रह गरिएको छ ।

     

    images