बुधबार, कार्तिक १९ गते २०८३
images
images

किन दिएन राष्ट्रपति कार्यालयले चोलेन्द्रलाई प्रधानन्यायाधीशको हैसियत ? यस्तो छ कारण

एक्सप्रेस पाना
आश्विन ३, २०७९ सोमबार
  • 236
    SHARES
  • किन दिएन राष्ट्रपति कार्यालयले चोलेन्द्रलाई प्रधानन्यायाधीशको हैसियत ? यस्तो छ कारण

    राष्ट्रपति कार्यालयले पनि निलम्बित चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीशको हैसियत दिएन । संविधान दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा चोलेन्द्रलाई निम्तो नदिइएको हो ।

    images

    कार्यक्रममा राष्ट्रपति कार्यालयले कामु प्रधानन्यायाधीश दीपक कार्कीलाई औपचारिक पत्र पठाएर निम्तो गरिएको खुलेको छ ।

    चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफ्नो निलम्बन स्वतः फुकुवा भएको दाबी गर्दै आफूमाथि लागेको महाअभियोग स्वत निस्क्रिय भइसकेको बताउदै आएका छन् ।

    images

    उनी अहिले पनि बालुवाटारस्थित सरकारी निवासमै छन् । राणा हाल निलम्बनकै अवस्थामा रहेकाले उनलाई खबर नगरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आइतबार जबरा नियमित कामका लागि सर्वोच्च जाने तयारी गरिरहेका थिए । तर सरकारले उनलाई सरकारी निवास बालुवाटारमै रोकेको थियो ।