बुधबार, कार्तिक १९ गते २०८३
images
images

बाटो नियमित गर्न सभामुख सापकोटाको निर्देशन

एक्सप्रेस पाना
आश्विन ६, २०७९ बिहीबार
  • 191
    SHARES
  • बाटो नियमित गर्न सभामुख सापकोटाको निर्देशन

    सभामुख अग्निप्रसाद सापकोटाले आज गृह जिल्ला सिन्धुपाल्चोकको "बलेफी जलवीरे तेम्वाथान" सहाय राष्ट्रिय राजमार्ग अन्तरगत स्तरोन्नति भइरहेको बलेफी नौबिसे सडक खण्डको निरीक्षण गर्नु भएको छ।

    images

    सो क्रममा उहाँले समयमै तोकिएको मापदण्ड अनुसार काम सम्पन्न गर्न र बाटो नियमित सुचारु गर्ने व्यवस्था गर्न सम्बद्ध पक्षलाई निर्देश गर्नुभयो । सडक अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, बलेफी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सडक डिभिजन कार्यालय दोलखाका इन्जिनियर, निर्माण पक्षलगायतको उपस्थिति रहेको थियो ।

    सडक डिभिजन कार्यालयका इन्जिनियर पोशक नेपालका अनुसार यो सडक खण्डको ६० प्रतिशत भौतिक प्रगति भएको छ । आगामी मङ्सिरसम्म बाटो ग्राभेलको काम सक्ने लक्ष्य रहेको इन्जिनियर नेपालले जानकारी गराउनुभयो । सो सडक खण्ड अन्तरगत टुनिबोटेदेखि जलवीरेसम्म पाँच किलोमिटर बाटो स्तरोन्नतिका लागि सम्माननीय सभामुखज्यूको पहलमा ४७ करोड रकम विनियोजन भएकोमा सोही अनुसार डिजाइन इस्टिमेटको काम सकिएकोले ठेक्काको प्रक्रियामा रहेको इन्जिनियर नेपालले जानकारी गराउनु भयो ।

    images

    हाल स्तरोन्नति भइरहेको सडक खण्डमा निर्माणको काम नरोकिने र समयमै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण पक्षले जनाएको छ।