बुधबार, कार्तिक १९ गते २०८३
images
images

गठबन्धनको तर्फबाट नेकपा (एस) बाकेका सचिव जिएमलाई प्रदेश सभामा टिकट दिने

एक्सप्रेस पाना
आश्विन ७, २०७९ शुक्रबार
  • 340
    SHARES
  • गठबन्धनको तर्फबाट नेकपा (एस) बाकेका सचिव जिएमलाई प्रदेश सभामा टिकट दिने

    आगामी मंसिर ४ मा हुन गइरहेको आम निर्वाचनमा सत्तारुढ गठवन्धन बाँके जिल्लामा सिट बाडफाड मोटामोटी टुङ्गो लागेको श्रोतले जनाएको छ। संघीय निर्वाचन क्षेत्र न.-१ माओवादी, २ जसपा, ३ नेपाली काङ्ग्रेसको भागमा परेको श्रोत बताउँछ। काङ्ग्रेसको गढ मानिएको क्षेत्र न.-१ माओवादीको पोल्टामा परिरहदा २ वटै प्रदेश काङ्ग्रेसको जबरजस्त दाबी रहेको छ।

    images

    २ नम्बरमा जसपा ले पाउँदा त्यस क्षेत्रमा काङ्ग्रेस र माओवादीले पाउने भएका छन। ३ नम्बर क्षेत्रमा काङ्ग्रेसको भागमा परिरहदा त्यस क्षेत्रका उम्मेदवार स्थानिय नभएका कारण जित्नका लागि माओवादी र एकीकृत समाजवादी मिलाउनु पर्ने हुँदा एकीकृत समाजवादीलाई प्रदेश “क” हात पर्ने निश्चित भएको छ।

    त्यस क्षेत्रका नेता पुर्व राज्री मन्त्री दलबहादुर सुनारले संघ दावा गरेको र अर्का युवा संघका महासचिव र पार्टी बाके जिल्ला सचिब समेत रहेका दिपक जिएमले प्रदेश “क” दावी गरेका हुदा जिएमको उम्मेदवार हुने निश्चित भएको श्रोतको दावी छ।

    images

    निज जिएम २०७४ को आम निर्वाचनमा पनि तत्कालीन नेकपा एमालेबाट त्यही प्रदेशको लागि सिफारिस भएका थिए तर गठवन्धनका कारण उनले टिकट नपाइ माओवादी केन्द्रका आइपी खरेलले पाएका थिए ।