सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक अहिले बस्दै छ । शुक्रबारका लागि बोलाइएको बैठक केहीबेरमा सुरु हुने एक नेताले जानकारी दिए ।
समानुपातिक सूची बुझाइसकेपछि दलहरू प्रत्यक्षतर्फ सिट बाँडफाँटमा जुटेका छन् । तर, उनीहरूबीच सहमति हुन सकेको छैन । दिनहुजसो बैठक बसे पनि सहमतिमा दलहरू पुगेका छैनन् ।
गठबन्धनमा करिब दुई महिना अगावै चुनावी तालमेल गर्ने सहमति भएपनि सिट बाँडफाँटको टुंगो लागेको छैन । नेताहरू निरन्तर छलफलमा छन्, तर सहमति हुन सकेको छैन ।
दलहरूले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।
तर, कुन सिट कुन दलले लिने भन्नेमा एकमत हुन सकेको छैन । सिट बाँडफाँटकै विषयमा शुक्रबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच समेत छलफल भएको थियो ।
.jpg)


