हुप्रचउरको बिषयमा राप्रपा बागमती प्रदेश सचिव तथा राप्रपा क्षेत्र नं. १ ख प्रदेश सभा का उमेद्ववार गुञ्जन बहादुर न्यौपाने "सारथि" ले हुप्र चउर अतिक्रमणको बारेमा आफ्नो पेज मार्फत हेटौंडा उपमहानगरपालिका मेयर मिना लामाको कार्य शैली माथि टिप्पणी गरेका छन । उनले " आदर्णिय हेटौंडा मेयर साबले बालेन स्टाईलमा काम गर्ने भन्ने सुनेर खुसि लागेको थियो एक महिला नेतृत्व प्रति गौरब भएको थियो ।
तर जब उहाले सार्वजनिक हुप्रचउरको अतिक्रममा सघाउने कार्य गर्नु भयो त्यसले म दुखित र घोर भर्त्सना गर्दछु ।" भनेर टिप्पणी गरेका छन । गुञ्जन बहादुर न्यौपाने कै सक्रियतामा राप्रपा मकवानपुरले हुप्रचउरमा बन्ने भनिएको व्यावसायिक भवन हेटौडा अस्पतालमा बनाउनु पर्ने लगायतका ६ बुदे ज्ञापनपत्र हेटौंडा उपमहानगरपालिकालाई बुझाएको थियो ।
तर सो ज्ञापनपत्रलाई वेबास्ता गर्दै झन खुल्ला राख्नु पर्ने हुप्रचउरलाई झन कुरुप हुने किसिमले शौचालय लगायत सम्रचना बनाई हुप्रचउर दोहन गर्ने प्रयास भएको आशंका उनले यस बिषयमा सोधपुछ गर्दा उनले भने । राप्रपा मकवानपुरले हुप्रचउर अतिक्रम बिरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गर्दै ज्ञापनपत्र बुझाएको थियो । दण्डहीनताको अन्त्य गरिनु पर्छ ठुला बडा र ओहोदामा हुनेले मनपरि गर्ने सरकारी बजेट र सार्वजनिक सम्पत्तिमा रजगज गर्न कानुन नलाग्ने होईन राप्रपा कानुन, विधि र जनताको लागि लड्ने पार्टि हो ।
हामिले जनताको कुरा बोल्ने हो यश बिषयमा म र मेरो दल राप्रपा मौन हुनु भनेको हामी पनि यसका मतियार हौ यस्ता फटाहि कार्यका साझेदार हौ भन्ने अर्थ लाग्छ । यस बिषयमा हामी ठोस कदम चाल्नेछौ । नगर बिकास समितिले ओपन स्पेस छोडेको जग्गालाई हेटौंडा नगरपालिकाले आफ्नो स्वामित्व र भोगचलन गर्न पाउने हो भने हाल हेटौंडा भरीका नगर बिकासका ओपन स्पेर र निजि व्यावसायिहरुले छुट्याइएको जग्गा प्लानिङ ओपन स्पेसमा पनि निजहरु कै स्वामित्व लाग्छ भन्नू हो । हेटौंडा उपमहानगरपालिकाले झुट र भ्रम जनतालाई छरेर हुदैन नेपालमा न्यायालय र अन्य नियमनकारि निकाय पनि ज्युदै छन । तिनले हेटौंडा उप महानगरपालिका र मेयर साबहरुको हैसियत देखाईदिने अधिकार र शक्ति राख्दछ भन्ने हेक्का राख्न बिनम्र आग्रह गर्दछु न्यौपानेले भने ।
.jpg)


