बुधबार, कार्तिक १९ गते २०८३
images
images

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

एक्सप्रेस पाना
आश्विन ९, २०७९ आइतबार
  • 220
    SHARES
  • सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

    काठमाडौं । सत्ता गठबन्धनका दलहरुले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्ने भएका छन् ।प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै आजबाट प्रदेशसभाबारे छलफल गर्ने नेताहरुले बताएका छन् ।

    images

    गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलको पहिलो बैठक साउन २३ गते बसेको थियो । त्यसयता लगातार कार्यदलस्तरमा र शीर्ष नेतृत्व तहमा सिट बाँडफाँटबारे छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन ।

    images