बुधबार, कार्तिक १९ गते २०८३
images
images

देउवासँग चुनाव लड्न चन्दा उठाउँदै सागर ढकाल

एक्सप्रेस पाना
आश्विन १०, २०७९ सोमबार
  • 245
    SHARES
  • देउवासँग चुनाव लड्न चन्दा उठाउँदै सागर ढकाल

    असोज १० डडेल्धुरा । डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकालले चन्दा सङ्कलन गर्न थालेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध चुनाव लड्ने घोषणा गरेका ढकालले अनलाइनमार्फत आर्थिक सहयोग गर्न अपिल गरेका हुन्।

    images

    प्रचारप्रसारका लागि आर्थिक सहयोग आवश्यक रहेको भन्दै उनले इसेवा, खल्ती वा बैंक खातामा पैसा जमा गर्नका लागि सार्वजनिक अपिल गरेका हुन्।

    चन्दा उठाएर चुनाव लड्न लागेको भन्दै ढकालको विरोध हुन थालेको छ। ५ वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर गुल्मीका ढकाल त्यसपछि चर्चामा आएका थिए।

    images