बुधबार, कार्तिक १९ गते २०८३
images
images

बुटवल उपमहानगर उपप्रमुख अर्यालद्वारा सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग

एक्सप्रेस पाना
आश्विन १०, २०७९ सोमबार
  • 242
    SHARES
  • बुटवल उपमहानगर उपप्रमुख अर्यालद्वारा सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग

    बुटवल उपमहानगरपालिका उपप्रमुख अर्यालले जिल्ला प्रशासन रुपन्देहीको नियमको उल्लंघन सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेकी छन् । 

    images

    सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका नगरउपप्रमुख ले भने यो नियमको पालना भएको पाइँदैन ।

    बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा देबि अर्यालले १० गते घटस्थापनादिनको सार्वजनिक बिदाका दिन पनि सरकारी गाडी सम्पत्तिको दुरुपयोग गरिएको पाइएको छ । उनको गाडी न लु १ झ ३५७ न को गाडी आज बिहान देखि गुडिरहेको र बुटवल उपमहानगरपालिका वार्ड न ११ न्यू होराइजन स्कूल को पारी करिब २ घन्टा रोकेको पाइएको छ भने कहिले छोरी लाई अस्पताल र कहिले कहाँ पुराएको पनि पाइएको छ  ।

    images

    हाल जिल्ला प्रशासन रूपन्देहीले बिदाको समयमा सरकारी गाडी चलाउन पाँईदैन यदि अति आवश्यक परेमा वा चलाए पनि पास लिनु पर्ने जिल्ला प्रमुख भरतमणि पाण्डेले  बताएका थिए  र हाल कुनै गाडी लाई पनि पास नदिएको बताए । उनका अनुसार नियम सार्वजनिक बिदाको दिन पनि नियन उल्लघंन गरि सरकारी गाडी चलाउने कार्यालयलाई कार्वाही गरिने बताए ।