काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक सूचीको पहिलो नम्बरको उम्मेदवार पशुपति शमशेर राणा हुने निश्चित भएको छ ।
राप्रपाको सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिमा भएको गोप्य मतदानमा प्रकाशचन्द्र लोहनीलाई पछि पार्दै खास-आर्य समूहको पहिलो नम्बरमा राणालाई राख्ने निश्चित भएको हो ।
राप्रपामा समानुपातिकमा पहिलो नम्बरमा को हुने भन्नेमा विवाद रहेको थियो ।
कार्यसम्पादन समितिको बैठकमा राणाको पक्षमा ११ मत खसेको थियो भने लोहनीले ९ मत पाएका थिए ।
सोमबार पटक पटक बसेको बैठकबाट सहमति हुन नसकेपछि गोप्य मतदानबाट शिर्ष स्थानमा रहनेको नाम टुंगाइएको थियो । राप्रपको कार्य सम्पादन समिति २८ सदस्यीय रहेको छ । जसमा २० जनाले मात्र भाग लिएको बताइएको छ ।
.jpg)


