राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले पार्टीको सहमतिसहित आफूले राप्रपाको हलो चिह्न लिएर चुनाव लड्ने घोषणा गरेका हुन् ।
‘हलो चिह्नमा म काठमाडौं क्षेत्र नम्बर १ को आफ्नो उम्मेदवारी पार्टीको सहमतिसहित यहाँ घोषणा गर्दै छु’, मिश्रले भने, ‘यस पटक म काठमाडौं १ का जति पनि उपस्थित हुनुहुन्छ र जसले हेरिरहनुभएको छ । म यो सुनिश्चित गराउनु चाहान्छु कि तपाईँहरुले यसपटक मलाई तपाइँहरूकै क्षेत्रमा रहेको संसद् भवनमा पठाउनुभयो भने आजसम्मकै तपाईँहरूले गर्व गर्न सक्ने मध्येको सबैभन्दा सशक्त सांसदका रूपमा तपाईँहरूको आवाज संसद्मा बुलन्द गर्नेछु ।’
यो क्षेत्रबाट कांग्रेस नेता प्रकाशमान सिंह १५ वर्षदेखि सांसद बनेको उल्लेख गर्दै मिश्रले १५ वर्षमा उनले कति जनताको पक्षमा काम गरे भन्ने प्रश्न पनि गरे । मिश्रले १५ वर्षदेखि जनताले के परिवर्तन महसुस गरे भन्दै प्रश्न पनि गरे । सो क्रममा उनले आफ्नो चुनावी एजेन्डा पनि प्रस्तुत गरेका थिए।
.jpg)


