पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजबादी पार्टीको पालुङ्टार नगरकमिटीको अध्यक्षमा युवानेता पिटर कुमार श्रेष्ठ निर्वाचित भएका छन् । डा.भट्टराईको गृहनगर समेत रहेको पालुङ्टार नगरपालिकामा आज सो पार्टीको बृहत् नगर स्तरिय भेलाले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।

पार्टी गन्डकी प्रदेशका मुख्यसचिब प्रेम गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रुपमा पार्टी के.स. तथा गण्डकी सरकारका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री मा.हरिशरण आचार्य, के.स एबम् संविधानसभा सदस्य मा. ज्ञानेन्द्र कुमाल लगायत नेताहरुकोको उपस्थिती रहेको थियो ।
कमिटीको उपाध्यक्षमा गणेश थापा, शुशिला श्रेष्ठ, दिपक घिमिरे कोषाध्यक्षमा शम्भु कौडाल तथा सचिबमा सन्तोष पोखरेल र सहसचिवमा कमल देवकोटा रहेका छन् ।

पार्टीका आम नेता कार्यकर्ता नजरमा इमानदार र लगनशिल युवा नेता पिटर स्थानीय जनतामाझ पनि उत्तिकै लोकप्रीय छन् ।

.jpg)


