असोज २५ काठमाडौं । युवा नेता राम नेपालीले आफनो उम्मेदारी दर्ता गराएका छन । काठमाण्डौ क्षेत्र नं ७ बाट नेपालका लागी नेपाली पार्टि बाट प्रतिनिधी सभा सदस्यमा मनोनयन दर्ता गरेका हुन । ठुला राजनितीक दल र ति दलका नेताहरुबाट आजित भएका जनताहरुले बिकल्प खोजीरहेका बेला युवा नेता राम नेपालीको उम्मेदारी आएको हो ।
आफनो जिबन देश र जनताका लागी नै समरपित गर्ने उद्घोष गर्दे राजनितीमा होमीएको नेता नेपाली बताउछन । ठुला दलका नेताहरुले देश कङ्कगाल बनाईसकेकाले देश जोगाउन नेपालका लागी नेपाली पार्टि बैकल्पीक शक्तिका रुपमा उदाएको पनि उदघोष गरेका छन । नेपालका लागी नेपाली पार्टि देशमा मौलाउदै गएको भ्रष्टचार, बेथिती अन्तय गर्न समुन्त र सम्रिद्ध नेपाल निर्माणको लागी लागीरहेको पनि बताउनु भयो ।
काठमाण्डौको क्षेत्र नं ७ बाट २९ जना उम्मेदार हरुको उम्मेदारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । नेकपा एमाले, गठबन्धनको साझा उम्मेदार राप्रपा, स्वतन्त्र, जनता समाजबादी, नेपाली काग्रेस बिपी, नेपाल आमा पार्टि, नेपाल मजदुर किसान पार्टि, राष्ट्रिय स्वतन्त्र पार्टि, हाम्रो नेपाली पार्टि, लगायतका पार्टिहरु बाट उम्मेदारी मनोनयन दर्ता भएको छ ।
त्यस मध्ये अधिकाशं स्वतन्त्र बाट छन भने केहि ठुला राजनितीक पार्टिहरु जस्तै नेकपा एमाले बाट रामबीर मानन्धर बागी उठेका छन भने अन्य पार्टि बाट पनि बागी उम्मेदारहरुले मनोनयन दर्ता गरेका छन । बिगतको निर्वाचन भन्दा अहिलेको निर्वाचन फरक र रोचक हुने निश्चित छ । ठुला राजनितिक दलहरु सच्चिन आवश्यक देखिन्छ ।
.jpg)


