बुधबार, कार्तिक १९ गते २०८३
images
images

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, जसपाका चार मन्त्री हटाउने तयारी

एक्सप्रेस पाना
आश्विन २५, २०७९ मंगलबार
  • 238
    SHARES
  • सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, जसपाका चार मन्त्री हटाउने तयारी

    सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन र सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालबारे छलफल गर्न बैठक बस्न लागेको हो। 

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बोलाइएको छ। बैठकमा सत्ता गठबन्धनमा रहेका दलहरुबाट प्रतिनिधिसभा र प्रदेशसभामा परेको बागी उम्मेदवारी र जसपाबाट सरकारमा रहेका मन्त्रीहरुका बारेमा छलफल हुने बताइएको छ। 

    जसपाले सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेका कारण उक्त पार्टीका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गर्ने वा बर्खास्त गर्ने भन्ने बारेमा छलफल हुने बताइएको छ। 

    images

    एमालेसँग चुनावी तालमेलमा रहेको जसपाबाट प्रदीप यादव वन, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा समान्य प्रशासन र मृगेन्द्रकुमार सिंह कृषिमन्त्री छन्।