बुधबार, कार्तिक १९ गते २०८३
images
images

जसपाका मन्त्री बर्खास्त गर्ने तयारीमा देउवा

एक्सप्रेस पाना
आश्विन २७, २०७९ बिहीबार
  • 202
    SHARES
  • जसपाका मन्त्री बर्खास्त गर्ने तयारीमा देउवा

    जनता समाजवादी पार्टी (जसपा) का ४ जना मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्न गएका जसपाका चार मन्त्रीलार्ई हटाउने तयारी थालेका हुन् ।

    images

    तर जसपाले भने सरकारमै रहेर चुनावमा सहभागी हुने रणनीति बनाएको छ। जसपाले सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवा असन्तुष्ट छन्।

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार  सकभर बर्खास्त गर्ने त्यसो गर्न नमिले विनाविभागीयमा राख्ने तयारी प्रधानमन्त्री देउवाको छ। 

    images

    जसपाबाट सरकारमा गएका मन्त्रीहरूमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, वन तथा वातावरणमन्त्री प्रदीप यादव, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई र कृषि तथा पशुपन्छी मन्त्री मृगेन्द्रकुमार सिंह छन्। आफ्नो दल सत्तारूढ गठबन्धनबाट बाहिरिए पनि यी मन्त्रीहरू भने सरकारमै बस्न खोजिरहेका छन्। निर्वाचन आयोगको आचारसंहिताअनुसार यी मन्त्री हटाइए भने पनि प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्ति गर्न पाउने सम्भावना छैन।