बुधबार, कार्तिक १९ गते २०८३
images
images

धनकुटा नेविसंघ सभापति पार्टीवाट निष्काशित

एक्सप्रेस पाना
आश्विन २८, २०७९ शुक्रबार
  • 229
    SHARES
  • धनकुटा नेविसंघ सभापति पार्टीवाट निष्काशित

    धनकुटा । नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

    images

    पार्टीको निर्देशन र अनुशाषन विपरित कार्य गरेको भन्दै नेविसंघ जिल्ला सभापतिलाई कारवाही गरेको जिल्ला सभापति दिनेश राईले जानकारी दिए ।

    उनका अनुसार दाहालले प्रदेशसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएको र आफनो उम्मेदवारी फिर्ता नलिएकाले साधारण सदस्यसमेत नरहने गरी निष्काषनको कारवाही गरिएको कांग्रेस जिल्ला सभापति राईले जानकारी दिए । पार्टीको अनुशासनविपरीत गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले दाहाललाई केन्द्रको निर्देशनअनुसार कारबाही गरिएको राईको भनाइ छ ।

    images