बुधबार, भाद्र २४ गते २०८३
images

गोरखामा चुनाव केन्द्रित छलफलमा जुटे प्रचण्ड

एक्सप्रेस पाना
आश्विन २८, २०७९ शुक्रबार
  • 560
    SHARES
  • गोरखामा चुनाव केन्द्रित छलफलमा जुटे प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखामा चुनावकेन्द्रित छलफलमा जुटेका छन्। शुक्रबार बिहान गोरखा जिल्लामा रहेका पार्टी केन्द्रीय सदस्यहरुसँग चुनाव केन्द्रित छलफल गरेका हुन्।

    images

    ०७४ सालमा चुनाव जितेको चितवन ३ छाडेर प्रचण्डले आगामी निर्वाचनको लागि गोरखा २ बाट उम्मेदवारी दिएका छन्। गोरखा २ मा ०७४ सालमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए।

    गोरखामा उम्मेदवारी दर्ता गराएसँगै प्रचण्डको सक्रियता बढेको छ। गोरखा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको गृहजिल्ला पनि हो। अहिले प्रचण्डलाई नेसपा अध्यक्ष भट्टराईको पनि साथ छ।

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड