बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेकपा एसका मन्त्री चौधरीद्वारा बाढी पीडितलाई सहयोग

एक्सप्रेस पाना
आश्विन ३०, २०७९ आइतबार
  • 199
    SHARES
  • नेकपा एसका मन्त्री चौधरीद्वारा बाढी पीडितलाई सहयोग

    सहरी विकासमन्त्री मेटमणि चौधरीले करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन् । दाङको देउखुरीका चार पालिकाका बाढी पीडितका लागि डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीले बताए । 

    images

    मन्त्री चौधरीले भने ‘यो ०१८ साल पछिकै ठुलो बाढी हो । यसले निकै ठुलो क्षती पुर्याएको छ । थोरै भए पनि जनतालाई सहयोग होस् भन्ने चाहेको छु । यो पालिका प्रमुखमार्फत एकद्वार प्रणालीबाट वितरण हुनेछ ।’ 

    दुःखमा परेका जनताले राज्य छ, स्थानीय सरकार छ भन्ने महसुस गर्नुपर्छ भन्दै सहरी मन्त्री चौधरीले क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने बताए । 

    images