काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।
जोशीको शव राखिएको ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन् । प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि ललिपुर पुगेर जोशीलाई श्रद्धाञ्जली दिएका छन् ।
अन्तिम श्रद्धाञ्जलीका लागि जोशीको शव ४ बजेसम्म महानगरमा राखिने र त्यसपछि भने किस्ट अस्पताललाई बुझाउने तय भएको जानकारी दिइएको छ । उनलाई राष्ट्रिय सम्मान दिने सरकारको तयारी रहेको छ ।
.jpg)


