बुधबार, कार्तिक १९ गते २०८३
images
images

केपी ओली राजा ज्ञानेन्द्रभन्दा पनि निरंकुश भए : घनश्याम भुसाल

एक्सप्रेस पाना
आश्विन ३०, २०७९ आइतबार
  • 649
    SHARES
  • केपी ओली राजा ज्ञानेन्द्रभन्दा पनि निरंकुश भए : घनश्याम भुसाल

    रूपन्देही १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली राजा ज्ञानेन्द्रभन्दा पनि निरंकुश भएको टिप्पणी गरेका छन् । 

    images

    आइतबार रूपन्देहीको धकधईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता भुसालले भने, ‘ओलीले पार्टीको विधान मिच्ने, संविधानलाई पनि कुल्चने जस्ता काम गरे, विधिविधान नमान्ने ओली ज्ञानेन्द्रभन्दा पनि निरंकुश भए ।’ उनले ओलीको जवरजस्तीपन र व्यक्तिवादी प्रवृत्तिले एमालेमा विचलन आएको उल्लेख गरे । पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर गएर ओलीले काम गरेकाले पार्टीमा समस्या उत्पन्न भएको उनले तर्क गरे ।