सत्ता गठबन्धनको बैठक सोमबार दिउँसो बोलाइएको छ । गठबन्धनमा रहेका पार्टीहरूले आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरूलाई छानबिन गरी कारबाही गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको छ । त्यस्तै गठबन्धनका शीर्ष नेताले सोमबार नै संयुक्त अपिल जारी गर्ने भएका छन् । अपीलमा गठबन्धनको औचित्य, आवश्यकता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणबारे खुलाउँदै अपिल जारी गर्न लागेका हुन् ।
.jpg)

