काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मधेसको सशक्त शक्ति बन्ने महत्त्वाकांक्षासहित सिके राउत नेतृत्त्वको जनमत पार्टी चुनावमा होमिएको छ । फरक शैलीको चुनावी कार्यशैली अपनाउने रणनीतिसहित प्रदेश र संघमा पकड बनाउने दाउमा रहेको पार्टीमा भने परिवारवाद छताछुल्ल भएको छ । टिकट वितरणमा राउतले परिवारका सदस्यलाई प्राथमिकतामा राखेपछि पार्टी निजी कम्पनीजस्तै देखिएको छ । राउत आफू भने सप्तरी (२) बाट उठेका छन् ।
राउतले सप्तरी १ मा आफ्ना दाइ जयकान्त राउतलाई टिकट दिएका छन् भने समानुपातिकमा राउतकी भाउजू बबिता राउत इसरले टिकट पाएकी छिन् । राउतले गत स्थानीय तहको चुनावमा हनुमाननगर कंकालिनीको मेयरमा आफ्नो सानी आमाको छोरा वीरेन्द्र माझी र महदेवाको वडा अध्यक्षमा साला जागेश्वर इसरलाई टिकट दिएका थिए ।
.jpg)

