काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको चिह्न 'सूर्य' लिएर मकवानपुर १ बाट चुनाव लड्न लागेपछि पार्टीका ५ जना पदाधिकारीहरू नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भेट्न गएका छन् ।
थापासँग असन्तुष्ट उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्यले माओवादी अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमा गएर भेट गरेका हुन्।
.jpg)

