बुधबार, कार्तिक १९ गते २०८३
images
images

मेलम्ची नगरको विकासको नेतृत्व नगरपालिकाले नै गर्छ : नगरप्रमुख तामाङ

एक्सप्रेस पाना
कार्तिक २, २०७९ बुधबार
  • 205
    SHARES
  • मेलम्ची नगरको विकासको नेतृत्व नगरपालिकाले नै गर्छ : नगरप्रमुख तामाङ

    मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरको विकासको नेतृत्व नगरपालिकालेनै गर्ने बताउनुभएको छ । प्रमुख तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत निर्वाचनको संघारमा कुन दल वा दलको नेताले के बोल्यो नगरपालिकालाई सरोकार नभएको भन्दै यहाँको समग्र बिकासको नेतृत्व अब मेलम्ची नगरपालिकाले गर्ने प्रष्ट पार्नुभएको हो । उहाँले स्थानियतह निर्वाचन पश्चात् नगरपालिकाले जोखिममा रहेका यस क्षेत्रका मुख्य बजार र सडकहरुको संरक्षणमा विशेष ध्यान दिइरेहको उल्लेख गर्नुभएको छ ।

    images

    प्रमुख तामाङले अब मेलम्ची नगरपालिकाको ध्यान बाढीले ध्वस्त बनाएको नवलपुर ,तिपेनी भोताङ पक्की मोटरबाटो र मेलम्ची फट्टे दुबाचौर बांसखर्क मोटरबाटो निर्माणमा हुने समेत जानकारी दिनुभयो । 

    प्रमुख तामाङले दुइवटै पुल निर्माणका लागि नगर कार्यपालिकाले आबस्यक निर्णय र पहल गरिसकेको समेत बताउनुभयो । मेलम्ची खानेपानी आयोजनाको भबिष्य जोडिएको हेलम्बु राजमार्गको तालामाराङ खण्ड ,बाहुनेपाटी काउलेदोभान ,मेलम्ची लगायत यस भेगको लाइफ लाइन सांखु फट्केश्वर सडक कालोपत्रे तथा स्तरउन्नतीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको समेत तामाङले उल्लेख गर्नुभएको छ । तामाङले ५ बर्ष भित्र आफ्नोे नेतृत्वमा मेलम्ची नगरपालिकाले मेलम्ची आसपासका सबै सडक संजालहरुको ब्यबस्थापन गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

    images