आइतबार, भाद्र २८ गते २०८३
images

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

एक्सप्रेस पाना
कार्तिक २, २०७९ बुधबार
  • 309
    SHARES
  • प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

    कार्तिक २ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

    images

    ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल भर्ना भएकी हुन्।

    अस्पताल स्रोतका अनुसार दाहाललाई आज अस्पतालमै राखिनेछ। सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन्।

    images

    पिएसपी दुर्लभ खालको रोग हो। यो रोग एक लाख मानिसमध्ये ५-६ जनामा मात्र देखिन्छ। के कारणले यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन।