निर्वाचन आयोगले आगामी कात्तिक ९ गते समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने भएको छ ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिकाअनुसार दाबीविरोध गर्ने समय समाप्त भएपछि कुनै उम्मेदवारको सम्बन्धमा दाबीविरोध परेमा त्यसको आवश्यक जाँचबुझ र निर्णय गरेर ९ कात्तिका अन्तिम बन्दसूची प्रकाशन गर्ने आयोगले जनाएको छ ।
उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्दा दलले पेस गरेको बन्दसूचीमा रहेको क्रमसमेत खुलाई सम्बन्धित समावेशी समूहको उम्मेदवारको नाम क्रमबद्ध प्रकाशन गरिने भएको हाे । त्यस्तै आयोगले उम्मेवारको अन्तिम बन्दसूची प्रमाणित गरि सम्बन्धित दललाई बुझाउने जनाएकाे छ ।
आयोगले गत १६ असोजमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको बन्दसूची बुझाउने मिति तोकेको थियो । त्यसपछि पनि आयोगले बन्दसूचीमा भएका नाम सच्याउन, उम्मेदवारी फिर्ता लिन उम्मेदवारविरूद्ध परेको दाबीविरोधको निरूपणलगायतका काम गर्दै आएको छ ।
.jpg)


