बुधबार, कार्तिक १९ गते २०८३
images
images

महामन्त्री शर्मालाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

एक्सप्रेस पाना
कार्तिक ४, २०७९ शुक्रबार
  • 225
    SHARES
  • महामन्त्री शर्मालाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । महामन्त्री शर्माले झापाका आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको हो ।

    images

    झापा-१ बाट उम्मेदवार बनेका शर्माले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौला परिवारलाई हस्तान्तरण गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

    निर्वाचन आचारसंहीता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने उल्लेख छ ।

    images

    आयोगले रकम हस्तान्तरण भएको बारे प्रश्न उठाउदै महामन्त्री शर्मालाई उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यलयमा आफैं उपस्थित भइ वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।