नेपाल समाजवादी पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। डा. बाबुराम भट्टराई अध्यक्ष रहेको सो पार्टीले आइतबार दिउँसो ३ बजे नयाँबानेश्वरस्थित अल्फाबिटाबाट घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
घोषणापत्र लेखन टिममा अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वदायी भूमिका रहेको सो पार्टीका एक नेताले जानकारी दिए । ती नेताका अनुसार घोषणापत्र ३२ पृष्ठको रहेको छ ।
नेकपा माओवादी केन्द्रसँग चुुनावी तालमेल गरेको नेपाल समाजवादी पार्टीले घोषणापत्रमा आफ्नो पार्टीका नीति कार्यक्रम र योजनाहरु समेटे पनि चुनाव चिन्ह चाहिँ गोलाकारभित्रको हसिँया हथौडामै भोट मागेको छ ।
समाजवादीका उम्मेदवारहरुले माओवादीकै चिन्ह लिएर चुनाव लड्दैछन् । तर, अध्यक्ष डा. भट्टराई भने चुनावी मैदानमा छैनन् । प्रतिवद्धतापत्र नाम दिइएको घोषणापत्रको मुल नारा ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ राखिएको छ ।
.jpg)


