दोलखा बाट प्रतिनिधीसभा सदस्यको उम्मेदवारी दिएका युवा नेता दावा शेर्पाले घरदैलो कार्यक्रम सुरु गरेका छन्
देशैभर आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा शेर्पाले जनता समाजवादी पार्टीको तर्फबाट प्रतिधिनिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार दिएका हुन् ।
राजनीति गर्ने मान्छे आर्थिक रुपमा सबल र पारदर्शी हुन जरुरी छ, घर ठिक भएन भने उसले राजनीतिमा सही र परिपक्व काम गर्न सक्दैन, मैले राईट टाईममा उम्मेदवारी दिएको छु, निस्वार्थ ढंगले जिल्लाबासीको सेवा गर्ने ईच्छा छ, शेर्पाले भने ।’
उनी एक सफल व्यवसायी मात्रै नभएर विश्वका विभिन्न विकसित देशहरुमा पुगेर अध्ययन अनुसन्धान गरेको अनुभव रहेको छ ।

.jpg)


