बुधबार, कार्तिक १९ गते २०८३
images
images

पर्सा जिल्लामा झण्ड़ै ५०० जनाले एमालेबाट दिए राजिनामा

एक्सप्रेस पाना
कार्तिक १२, २०७९ शनिबार
  • 281
    SHARES
  • पर्सा जिल्लामा झण्ड़ै ५०० जनाले एमालेबाट दिए राजिनामा

    वीरगञ्ज । एमाले पर्साका ५४२ जना सदस्यले पार्टी परित्याग गरेका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै दुई जना संविधान सभा सदस्यसहित ५४२ जनाले एमाले पर्सा परित्याग गरेका हुन् ।

    images

    एमालेले जसपासित गठबन्धन गरेपछि रुष्ट बनेका उनीहरूले पार्टी परित्याग गरेका हुन्। एमाले परित्याग गर्नेमा संविधान सभा सदस्यद्वय इस्लाम हवारी र फुलझरी देवी छन् ।

    हवारी र फुलझरी ०६४ सालको संविधान सभा सदस्यमा नेकपा माओवादीबाट निर्वाचित भएका थिए। उनीहरूसँगै एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कदम रसुल, मधेस प्रदेश समिति सदस्य बाबाुराम कौशिक, जोगिन्दर साह छन् ।

    images

    त्यसैगरी पर्सा जिल्ला सदस्य सन्तोष श्रेष्ठ, शम्भु पाल, विजय गुप्ता, सञ्जीव गुप्तालगायत ५ सय ४२ जनाले एमाले परित्याग गरेका हुन् ।

    कौशिक प्रभु साहले चलाएका स्वतन्त्र उम्मेदवार जिताउ अभियान पर्साका अध्यक्षसमेत हुन्। एमाले नेतृत्व जनउत्तरदायी नभई जनभावनाको मर्मविपरीत गएकाले बाध्य भई आफूहरूले पार्टी परित्याग गरेको बाबुराम कौशिकले जानकारी दिए ।