बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि ५ वर्षमा गरिबीको दर घटाउनेसम्म

एक्सप्रेस पाना
कार्तिक १४, २०७९ सोमबार
  • 245
    SHARES
  • माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि ५ वर्षमा गरिबीको दर घटाउनेसम्म

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

    images

    सोमबार सार्वजनिक गरेको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको शासकीय स्वरुप अघि सारेको माओवादीले संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशसभा पनि प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख रहने उल्लेख गरेको छ । 

    विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका लागि सामुदायिक आवास बनाउने, ५ वर्षमा गरिबीको दर आधा घटाउने, गरिबिको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाख रुपैयाँसम्मको बिउ पूँजीविना धितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने पनि माओवादीले घोषणापत्रमा उल्लेख गरेको छ । 

    images