बुधबार, कार्तिक १९ गते २०८३
images
images

कार्कीको उम्मेदवारी खारेज नगर्न आदेश

एक्सप्रेस पाना
कार्तिक १६, २०७९ बुधबार
  • 210
    SHARES
  • कार्कीको उम्मेदवारी खारेज नगर्न आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिक आदेश गरेको छ ।

    images

    न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आज कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

    आदेशमा भनिएको छ, “कुनै काउन्सिल वा सङ्गठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्चजस्ता आर्थिक लाभ नियमित प्रकृतिको नहुने अवस्थाको देखिन आउँछ ।” नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको उल्लेख गर्दै निर्वाचन आयोगले यही १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

    images

    अदालतले मेडिकल काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने पद वा नियमित जिम्मेवारीको पद नभएको हुँदा प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐन २०७४ को दफा १२ को खण्ड (ङ) अनुसार काउन्सिलको सदस्य पद लाभको पद मान्न नमिल्ने व्याख्या गरेको छ ।