बुधबार, कार्तिक १९ गते २०८३
images
images

लालबाबु सिंह लोकप्रीय बन्दै

एक्सप्रेस पाना
कार्तिक १९, २०७९ शनिबार
  • 455
    SHARES
  • लालबाबु सिंह लोकप्रीय बन्दै

    कलैया । मंसिर ४ गते हुनलागेको आम निर्वाचनको अब २ साता मात्रै बाकी छ । देशभरिका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरु प्रचार(प्रसारमा व्यस्त छ्न् । प्रचार(प्रसारकै क्रममा बारा क्षेत्र न.३ मा वाम(लोकतान्त्रीक गठबन्धनबाट उम्मेद्वार बनेका लोकतान्त्रीक समाजवादी पार्टी नेपाल ९लोसपा० का लालबाबु सिंह लोकप्रीय बन्दै गएका छन् ।

    images

    क्षेत्रका जनतामाझ स्वच्छ छवि बनाएका सिंहलाई जनसमर्थन बढ्दै गएपछी उनी आफु विजय हुने भनी ढुक्क छन् । दैनिक जनतामाझ गईरहेका सिंह सभ्य र सालिन नेताका रुपमा पहिचान बनाएका छ्न। पहिलो संविधानसभामा समानुपातिक सदस्य रहेका उनी बेदाग नेताका रुपमा चिनिन्छन् ।
    नेपाली कांग्रेस बाराको जिल्ला सभापती भईसकेका सिंह उम्मेद्वार मोनोनयपत्र दर्ता गर्ने दिन लोसपाको उम्मेद्वार बनेपछि उनलाई गठबन्धनका दल मात्रै नभई नेकपा एमाले र जसपाका समर्थकहरुले समेत साथ दिने निश्चित भएको छ ।

    अन्य उम्मेदवारहरु यसअघि पनि बारा ३ को प्रतिनिधित्व गरिसक्दा समेत बिकाश तथा परिवर्तनको महसुस गर्न नपाएपछि यसपाली सिंहलाई आफ्नो क्षेत्रको सांसद बनाउन आतुर रहेको स्थानिय नागरिकहरुले बताईरहेका छन् । बारा क्षेत्र न.३ बाट जनता समाजवादी पार्टी ९जसपा० का रामबाबु कुमार यादव पुनस् उम्मेद्वार छ्न, उनी वर्तमान सांसद समेत हुन् । नेकपा एमालेबाट भने यसअघि बारा ३ क बाट प्रदेशसभा सदस्यमा निर्वाचित ज्वाला साह उम्मेद्वार । २०७० सालको आम निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेकी साह नेकपा विभाजनका बेला एमाले रोजेकी थिईन् ।

    images

    माउ पार्टीले उनलाई कारवाही गरेर निकालेपछी करिब २ वर्ष सो क्षेत्र प्रदेशसभा सांसद विहिन थियो। संसद विघटनपछी ओलि सरकारमा केन्द्रीय मन्त्री बनेकी साह सो अगाडि समेत २ पटक केन्द्रीय मन्त्री बनेकी थिईन । ३ पटक मन्त्री बन्दा समेत क्षेत्रको लागि खासै काम गर्न नसकेकी साहका समर्थकहरुनै सिंहको साथमा लागेपछी उनी कमजोर बनेकी छिन् ।

    यता जसपाबाट सांसद जितेर पुनस् उम्मेद्वार बनेका यादवले विगतको ५ वर्षमा आफ्ना आसेपासे कार्यकर्ताको पोषण गर्नमा मात्रौ व्यस्त रहेको तथा परिवारवादमा लिन भएको भन्दै उनको घरदैलो कार्यक्रम तथा चुनावी सभाहरुमै खुल्ला विरोध हुनथालेपछी उनी तनावमा परेका छन् । क्षेत्र न.३ भित्रै पर्ने विवादित ुटाङ्गीय वस्तीुमा संसदिय कोषको रकम दुरुपयोग गरि बिजुलिको पोल गाडेपछी उनको बिरोधको आगोमा थप घ्यु थपिएको जानकारहरु बताउंछ्न् ।

    No description available.

    चुनावको मुखमा अन्तराष्ट्रीय विमानस्थलका लागि सरकारले खाली गराउन लागेको ुईलिगल कब्जाु वस्तिमा भोटको राजनितिकालागि पोल गाडेको भन्दै उनको चौतर्फी आलोचना भईरहेको छ। यता साह र यादवभन्दा अलग सफा छविका सिंह आम नागरिकको रोजाई बन्न पुगेका छ्न। युवा, बुद्धिजिवी, व्यापारी, महिला तथा हरेको वर्गको सहयोग पाईरहेका सिंहको लोकप्रीयता बढेसंगै आउने दिनमा क्षेत्रको चौतर्फी विकाश हुने भनी यहाँका जनता ढुक्क छ्न् ।

    गठबन्धनका साझा उम्मेद्वार सिंहले पनि आफू निर्वाचित भए सर्वप्रथम राजनितिक कारणले रुकेको मानवत(मटिअर्वा सडकखण्ड अन्तर्गतको औधापुर-विश्वम्भरपुरको सडक निर्माण गराउने तथा कलैयामा ठुला(ठुला योजनाहरु संचालनमा ल्याउने घोषणा समेत गरेका छ्न् ।