नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको विकासका लागि भन्दै रणनीतिक महत्वका ४५ योजना सार्वजनिक गरेका छन् ।
गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार उनले गोरखाली जनताका लागि भन्दै रणनीतिक योजनासहित प्रतिवद्धतापत्र ल्याएका हुन् ।
उनले सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने भन्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। उनले गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात गर्ने पनि तर्क गरेका छन् ।
नेपाली समाजलाई सामाजिक न्याय, समता र समृद्धिको नयाँ युगतर्फ लैजान परिवर्तनको नेतृत्व र जनसेवामा मेरो भूमिका र इतिहास यहाँहरुलाई विदितै छु, उनले भनेका छन्, 'नेपाली समाजमा क्रान्ति र शान्तिको नेतृत्व गर्दै नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान निर्माण र त्यसको कार्यान्वयनसम्म मैले आफूलाई निरन्तर देश र जनताको पक्षमा उभ्याउँदै आएको तर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने, जनजीविकाका समस्या समाधान गरेर जनतालाई नयाँ जीवन दिने सपना पूरा गर्न बाँकी नै छ ।'
के छन् योजना:
१) पालङटार एयरपोर्टलाई पुनः सुचारू गरिने छ र पालुङटारलाई मौलिक स्मार्ट सिटीका रूपमा विकास गरिने छ ।
२) बहउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गरिने छ । साथै अन्य जलविद्युतका सबै सम्भावनाहरूलाई पनि अघि बढाइने छ ।
३) पालङ्टार नगरपालिका ७ च्याङलीमा रहने गरी सरकारबाट निर्णय भएर पनि कार्यान्वयन हन बाँकी रहेको कृषि तथा वन विश्वविद्यालय अन्तर्गतको कृषि क्याम्पस सञ्चालन गरिने छ र गोरखाका मा।वि। तथा विभिन्न क्याम्पसहरुलाई थप व्यवस्थित गर्दै प्रविधिक शिक्षालाई विस्तार र शिक्षा क्षेत्रका समस्याहरु हल गरी समग्र शैक्षिक विकासलाई अगाडि बढाइने छ ।
४) रणनैतिक महत्व बोकेको बेनीघाट(आरूघाट(लार्के (रूइला नाका) तिब्बतसँग सिमाना जोडने। सडकखण्ड निर्माण कार्य पूरा गरिने छ ।
५) गोरखामा अवस्थित पालुङ्टार, गाइखुरटार, च्याङलीटार, धुवाकोटटार, कुन्दुरटार, बुद्धसिंटार, मुच्चोकटार, बुट्टार, घ्याल्चोकटार, आरूटारलगायतका उर्वर टारहरुका साथै निबेलदेखि अँब्रुवासम्मका दरौंदी नदीका किनारका फॉटहरूमा नदि नियन्त्रणका साथ लिफ्टिङ, पम्पिङ । तथा नहरहरूको योजनामार्फत् सिँचाइलाई व्यवस्थित गरी कृषि उत्पादन वृद्धि गर्न योजनाहरु अगाडि बढाइने छ । जिल्लालाई उत्पादनमा आत्मनिर्भर बनाउन सहकारी, निजी र सरकारी क्षेत्रलाई उपयोग गरिने छ ।
गोरखा जिल्लालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने छ ।
(क) लिगलिगकोट, बुढीकोट, लकाङ्कोट, सिरानचोक गढी, सुलिकोट, ताकुकोट, वारपाक, गोरखा दरबार, मनकामनालाई समेटेर ऐतिहासिक तथा धार्मिक पर्यटकीय सर्किटको रूपमा विकास गरिने छ ।
(ख) सिरानडाँडा(निम्चेपोखरी(दुधपोखरी-नागेपोखरी-नारदपोखरीलाई केन्द्र मानी हिमाली पर्यटनलाई प्रवर्द्धन गर्न राष्ट्रिय पर्यटकीय योजनाको सूचीमा पार्न पहल गरिने छ ।
(ग) सिरानचोक, भच्चेक सिरानडाँडा, अजिरकोट र उत्तरी गोरखाको बारपाक, रूविनाला, मनास्लु पदमार्ग, लार्के पास आदि क्षेत्रलाई हिमालय पर्यटनको रूपमा विकास गर्न पहल गरिने छ । संस्कृति र प्रकतिलाई समिश्रण गरी ट्रेकिङ रूट निर्माण गरिने छ। साथ । अध्ययनको आधारमा विशेष सांस्कृतिकग्राम निर्माण गरिनेछ ।
(घ) गोरखा दरबार र मनकामना मन्दिरलाई अन्तर्राष्ट्रिय सम्पदा सूचीमा राख्न पहल गरिने छ ।
(ङ) २०७२ सालको गोरखा भूकम्पको केन्द्र रहेको बारपाक र भूकम्पपश्चात् विकास गरिएका एकीकृत बस्तीहरूलाई पर्यटनसँग जोडी आयआर्जन वृद्धिका योजना अगाडि बढाइने छ ।





.jpg)


