बुधबार, कार्तिक १९ गते २०८३
images
images

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भोलि मकवानपुर आउँदै

एक्सप्रेस पाना
कार्तिक २३, २०७९ बुधबार
  • 280
    SHARES
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भोलि मकवानपुर आउँदै

    मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन भोलि मकवानपुर आउँदै हुनुहुन्छ । भोलि  मकवानपुरमा हुने आमसभालाई अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम छ ।

    images

    सभालाई राप्रपाका केन्द्रीय सदस्य एवं मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार दीपक बहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टिका बाग्मती प्रदेश सचिब एवं मकवानपुर क्षेत्र नं. १ (ख) प्रदेश सभा उमेद्ववार गुञ्जन बहादुर न्यौपाने,मकवानपुर क्षेत्र नं. १ (क) प्रदेश सभाका उम्मेदवार सागर थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ । 

    भोलि दिउँसो १२ :३० बजे मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ जुरेली फूटबल मैदानमा सभाको आयोजना गरिने राप्रपा मकवानपुरका नगर अध्यक्ष अरुण लामाले जानकारी दिए ।

    images