बुधबार, कार्तिक १९ गते २०८३
images
images

हेटौंडा–७ कमानेमा गुञ्जन बहादुर न्यौपानेको घरदैलो

एक्सप्रेस पाना
कार्तिक २३, २०७९ बुधबार
  • 230
    SHARES
  • हेटौंडा–७ कमानेमा गुञ्जन बहादुर न्यौपानेको घरदैलो

    मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका बाग्मती प्रदेश सचिब तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ को “ख” का उमेद्वार गुञ्जन बहादुर न्यौपानेले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

    images

    बुधबार बिहान न्यौपाने, क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रहेका दीपक बहादुर सिंह सँगसँगै हेटौंडा-७ नम्बर वडाका मतदाताको घरघरमा मत माग्न पुगेका छन् । उनीहरुले हेटौंडा-७ को नगशोती टोलमा घरदैलो कार्यक्रम गरेका थिए । घरदैलोको क्रममा गुञ्जन बहादुर न्यौपाने र दीपक बहादुर सिंहले मतदाताहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको एजेन्डा र आम जनताको लागि तयार गरिएको योजनाहरु बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा मतदान गर्न अनुरोध गरे ।  

    घरदैलो कार्यक्रममा बोलदै राष्ट्रिय प्रजातन्त्र पार्टीका बाग्मती प्रदेश सचिब समेत रहेका न्यौपानेले आफूले सुखी र खुसी मकवानपुरको सपना देखेको बताएका छन । निर्वाचनमा कहिले जनतामाझ नआउनेहरु पनि उम्मेदवार भई झुठा आश्वासन बोकेर घर-घरमा आउने गरेकोले उनीहरुको भ्रममा नपर्न न्यौपानेले आग्रह समेत गरे ।

    images

    उम्मेदवारहरको कुरा सुने पश्चात् त्यहाँका मतदाताले उनीहरुलाई जितको  शुभकामना दिएका थिए । भोलि राष्ट्रिय प्रजातन्त्र पार्टीको बकैया गाउँपालिका वडा नम्बर ४ जुरेली फूटबल मैदानमा चुनावी सभाको आयोजना गरिएको छ ।