बुधबार, कार्तिक १९ गते २०८३
images
images

सिन्धुपाल्चोकको बिकास राप्रपाले गर्छ : समानुपातिक उम्मेदवार कुमारी तामाङ

एक्सप्रेस पाना
कार्तिक २४, २०७९ बिहीबार
  • 582
    SHARES
  • सिन्धुपाल्चोकको बिकास राप्रपाले गर्छ : समानुपातिक उम्मेदवार कुमारी तामाङ

    मेलम्ची । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कि क्षेत्रिय सभापति एवम् समानुपातिक उम्मेदवार कुमारी तामाङले अब देशको बलियो शक्ति राप्रपा मात्र भएको बताउनुभयो । मेलम्चीमा आज आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रलाई जोगाउने एजेण्डा राप्रपा सँग मात्र भएको भन्दै देशमा भएका अन्य दलहरु आन्तरिक स्वार्थको दलदलमा फसेको बताउनुभयो । 

    images

    उहाँले ठुला दल भन्नेहरुले देशको विकासका लागि कुनैपनि योजना अघि नसारेको बताउनुभयो । पशुपति शमशेर राणाले गरेको विकासकोे चर्चा गर्दै तामाङले फेरी पनि सिन्धुपाल्चोकको विकासको लागि राप्रपा जिताउन आग्रह गर्नुभयो । आजभन्दा अघि चुनाव जितेका हरुले केहि काम नगरेको भन्दै अब विकास गर्ने जिम्मा राप्रपाको काँधमा आएको बताउनुभयो । कार्यक्रममा एमाले, कांग्रेस र माओवादी परित्याग गरि विभिन्न नेता तथा कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका थिए । कार्यक्रममा नवराज घोरसैनी, बलबहादुर वाइवा, आसा लामा लगायत कलाकार हरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।