मेलम्ची । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा ख का उम्मेदवार गोविन्द गुरुङले गठबन्धनलाई कोदो र तोरिको सज्ञां दिनुभएको छ । कोदो र तोरि हेर्दा उस्तै देखिने भएपनि पेल्दा न तेल न पिठोे केहि नआउने बताउनुभयो । अहिलेको गठबन्धन पनि तोरि र कोदो भएको भन्दै यसबाट देश र हाम्रो सिन्धुपाल्चोक विकास हुने अपेक्षा नराख्न समेत गुरुङले आग्रह गर्नुभयो ।
आज मेलम्चीमा आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले सिन्धुपाल्चोकको विकासको लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो । उम्मेदवार गुरुङले सिन्धुपाल्चोकमा जतिपनि विकास भएको पशुपति शमशेर राणाले गरेको भन्दै सिन्धुपाल्चोकमा पटक पटक जितेका अरु पार्टिले केहि गर्न नसकेको स्मरण गराउनुभयो । गुरुङले अहिले चुनावको मुखमा केहि गठबन्धनका नेताहरुले यो गर्दिन्छु र त्यो गर्दिन्छु भने पनि त्यो उनीहरुको चुनाव जित्ने योजना बाहेक अरु केहि नभएको बताउनुभयो ।
उहाँले यस भेगको विकासको लागि राप्रपा मात्र बलियो शक्ति रहेको बताउनुभयो । उहाँले कसैको लोभ लालच, डर र धम्कीमा नपरि ढुक्क सँग हलो चिन्हमा मतदान गर्न समेत आह्वान गर्नुभयो । नेताहरुले अंशबन्डा लगाएर जनतालाई झुक्याएको भन्दै गुरुङले देश विकासको लागि नभई स्वार्थको ठगबन्धन गरेको दावि गर्नुभयो ।
.jpg)


