बुधबार, कार्तिक १९ गते २०८३
images
images

जनताले दिएको झण्डै दुई तिहाइको मत सदुपयोग गर्न नसक्नेलाई भोट हाल्न हुँदैन : चन्द्र भण्डारी

एक्सप्रेस पाना
कार्तिक २५, २०७९ शुक्रबार
  • 224
    SHARES
  • जनताले दिएको झण्डै दुई तिहाइको मत सदुपयोग गर्न नसक्नेलाई भोट हाल्न हुँदैन : चन्द्र भण्डारी

    नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकलाई दुरावस्थामा पर्‍याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने बताएका छन् ।

    images

    उनले जनताले दिएको झण्डै दुई तिहाइको मत सदुपयोग गर्न नसक्ने, पार्टी फुटाउने,संविधान लत्याउने र संसद गिराउने नेता र एमाले पार्टीलाई भोट हाल्न नहुने उनले टिप्पणी गरे ।

    गुल्मी रुपन्देही क्षेत्र नम्बर १ बाम लोकतान्त्रीक गठबन्धन निर्वाचन परिचालन समितिले बुटवलमा आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले देशमा रोजगारी नदिने र युवाहरूलाई विदेश पठाउने तत्वहरुलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताए  । 

    images

    अखण्ड लुम्बिनी बचांउन बुटवलमा आफुले बृहत आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै नेता भण्डारीले यसपटक पार्टीको रसिद भन्दा माथि देश सम्झेर चुनाव जिताउन आग्रह गरे ।

    उनले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे ।