बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रपति भण्डारी भोली शनिबार स्वदेश फर्कंदै

एक्सप्रेस पाना
कार्तिक २५, २०७९ शुक्रबार
  • 259
    SHARES
  • राष्ट्रपति भण्डारी भोली शनिबार स्वदेश फर्कंदै

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कंदै छिन् । 

    images

    महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड गएकी थिइन् ।

    गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उनले विशेष सम्बोधनसमेत गरेकी थिइन् ।

    images

    साथै उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गरेकी थिइन् । राष्ट्रपति भण्डारी आज आइसल्याण्डबाट प्रस्थान गरी नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै भोलि शनिबार काठमाडौँ पुग्ने कार्यक्रम छ ।