दीक्षान्स खड्का, मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार दीपक बहादुर सिंहले निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताउनुभएको छ
शुक्रवार हेटौंडा १५ र ९ नम्बर वडाको घर दैलो अभियान तथा कोणसभाका क्रममा उम्मेद्बार सिंहले राप्रपाले उठाएका विषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताउनुभएको हो ।राप्रपाले उठाएका विषयहरुलाई मुर्तरुप दिनका लागि जनताको साथ र समर्थन राप्रपाले पाइरहेको र आगामी निर्वाचनमा पनि पाउने बताउनुभयो ।
राप्रपाले उठाएका विषयहरुलाई मुर्तरुप दिनका लागि जनताको साथ र समर्थन राप्रपाले पाइरहेको र आगामी निर्वाचनमा पनि पाउने बताउनुभयो । निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले तर्फबाट फैलाइएका विभिन्न भ्रमहरु जनताले बुझिसकेको बताउनुभयो ।
राप्रपाले उठाएका राजनीतिक स्थायीत्व, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीराष्ट्रिय हितको रक्षा, सुशासन, आर्थिक बिकास र समृद्धि लगायतका मुद्धाहरुलाई जनताले महशुस गरेको बताउनुभयो । जनताले महशुस गरेका कुराहरूलाई राप्रपाले सरकार बनेपछि पूरा गरेर छाड्ने राप्रपाको सङ्कल्प रहेको स्पष्ट पार्नुभयो ।
.jpg)


