बुधबार, कार्तिक १९ गते २०८३
images
images

ओलीलाई हर्क साम्पाङले फर्काए जवाफ

एक्सप्रेस पाना
कार्तिक २६, २०७९ शनिबार
  • 239
    SHARES
  • ओलीलाई हर्क साम्पाङले फर्काए जवाफ

    काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमाले अध्यक्ष केपी ओलीलाई धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौती दिएको आरोप लगाएका छन् । 

    images

    ओलीले शुक्रबार धरानमा मेयर छान्न नजानेको अभिव्यक्ति दिएपछि साम्पाङले सामाजिक सञ्जालमा टिप्पणी गर्दै  धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौती दिने र अपमानित गर्नेलाई के थाहा उसको पार्टीले ३० बर्षमा गर्न नसकेको काम आफुले ४ महिनामा पूरा गरेको समेत बताएका छन् ।

    उनले भनेका छन्-
    मेयर छान्न जानेनौ भनेर धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौतीदिने र अपमानित गर्नेलाई के थाहा उसको पार्टीले ३० बर्षमा गर्न नसकेको काम ४ महिनामा पूरा गरेको छ हर्कले !

    images

    यसअघि साम्पाङले शुक्रबार नै ओलीलाई हाउडे भन्दै कोशीको पानी आफुले ल्याउने बताएका थिए । ओलीले कोशीको पानी ल्याउन केन्दीय बजेट आवश्यक पर्ने बताउदै एमालेको सरकार आएपछि धरानमा कोशीको पानी ल्याउने बताएका थिए । ओलीले कोशीको पानी ल्याउन उपमहानगरपालिकाको बजेटले नपुग्ने टिप्पणी गरेका थिए ।

    ओलीको सो भनाईको जवाफ दिदै साम्पाङले भनेका थिए-

    ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ ! म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिंदा हुन्छ हाउडेले !