मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका बाग्मती प्रदेश सचिब तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ को “ख” का उम्मेदवार गुञ्जन बहादुर न्यौपानेले मतदाताका आधारभूत आवश्यकता आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार हेटौंडा–८ ओम टोलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै न्यौपानेले मतदाताको आवश्यकता आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन । उनले सभालाई सम्वोधनका क्रममा मतदाताको मतको अपमान गर्नेलाई पाखा लागउनु पर्ने समय आएको बताएका छन।
‘चुनाव जितेर जाने,जनतालाई अप्ठेरो पर्दा कानमा तेल हालेर बस्नेलाई फेरी पनि मत दिनु भनेको मत खेर फाल्नु बराबर हो’- न्यौपानेले भने। “मैले सुखि र खुसी मकवानपुरको सपना देखेको छु” न्यौपानेले भन्नुभयो “यही योजनालाई साकार बनाउने प्रयत्नका साथ चुनावमा होमिएको छु” । जनताको शिर निहुराउने काम आफुबाट नहुने दोहोर्याउदै न्यौपानेले घुस र भ्रष्टाचार गरेर नखाने बताउनुभयो । “ नष्ट हुन्छु तर भ्रष्ट हुदिन“ न्यौपानेले भन्नुभयो । जनताले बैकल्पिक शक्तिको रुपमा राप्रपालाई खोजिरहेको भन्दै उहाँले सबैलाई उच्च मनोबलका साथ अगाडी बढ्न आग्रह गर्नुभएको छ ।
.jpg)


